
नवलपुर । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ ।
कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियो देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ ।
विद्यार्थीले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुव्र्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् ।
पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै विद्यार्थीले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी संतोष पाठकले जानकारीे दिनुभयो ।
विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्