
काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र एनसेल लगायतका नीजि क्षेत्रको सहकार्यमा यो महोत्सव वैशाख ३ गते शनिवार आयोजना गरिएको थियो । महोत्सव भव्यरूपमा सम्पन्न भएको आयोजकको दाबी छ । कोरोना महामारीका कारण लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।
कोरोना महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आम सर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो उर्जा दिएको छ । महोत्सवमा बिभिन्न कलाकारहरूले आफ्नो प्रस्तुुती समेत दिएका थिए, जसले महोत्सवको माहोल निकै मनोरञ्जनात्मक बनेको थियो ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुुभारम्भ गर्नु भएको थियो । देशका ९० प्रतिशत बढि जनसंख्याले कोरोना विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताउनु भयो ।

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यो महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्नु रहेको थियो । महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्