१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्डियन प्रिमियर लिग : सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई पराजित


143
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा ३ विकेट गुमाउँद लक्ष्यै पूरा ग¥यो ।

हैदराबादका एडेन माक्ररम सर्वाधिक ४१ रनमा अविजित रहे । निकोलस पुर ३१ रनमा अविजित रहे ।

ओपनर अभिषेश शर्मा ३५, राहुल त्रिपाठी ३४ र केन विलियम्सन ३ रनमा आउट भए । पन्जाबका राहुल चाहरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब २० ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६० रनको योगदान दिए । जारी लिगमा हैदराबादको लगातार चौथो जित हो । हैदराबाद चौथो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। हैदराबादले अब शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । पन्जाबले बुधबार दिल्लीसँग खेल्ने छ ।