१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालको विकासमा सहयोग गर्ने एशियाली विकास बैंकको प्रतिवद्धता


299
Shares

काठमाडौं । एशियाली विकास बैंकले नेपालको विकासमा आवश्यक सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको छ ।

बैंकका उपाध्यक्ष सिक्सिन छेनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

नेपाल सरकारको विशेषगरी प्रशासन सुधार, पूर्वाधार तथा मानवीय विकासमा लगानी बढाई लैंगिक समावेशी सामाजिक विकास तथा जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणमा बैंकको सहयोग जारी रहने छेनले उल्लेख गर्नुभयो ।

उहाँले कोरोना महामारी नियन्त्रणमा सरकारी सफलताको प्रशंसा गर्दै भैरहवास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएसंगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।