१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्नै बुतामा तयारी थाल्न कार्यकर्तालाई महामन्त्री थापाकाे निर्देशन


2.561k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै बुतामा तयारी थाल्न कार्यकर्तालाई महामन्त्री थापाकाे निर्देशन दिनुभएकाे छ ।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा आज (साेमबार) आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कांग्रेसका कोहीपनि चुनावी तालमेलको पक्षमा नरहेको उहाँकाे दावी छ । आफू मात्रै होइन विभिन्न जिल्लाका नेता कार्यकर्तासँग कुरा गर्दा कोही पनि कांग्रेस तालमेलको पक्षमा नरहेको उहाँकाे भनाइ छ ।

निर्वाचनमा हारजित स्वाभाविक हो भन्दै उहाँले हारे हारौंला त्यही अनुसार अघि बढ्न समेत कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ । ५० भन्दा बढी जिल्लाका साथीहरु तालमेलको पक्षमा छैनन् भन्दै थापाले जबर्जस्ती लाद्ने हो भने मतदाताले फरक व्यवहार गर्ने बताउनुभयो ।

आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न समेत कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्देशन दिनुभयो ।