
काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियाे । तर सोमबार भने छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो । तर सोमबार भने ५ सय रुपैयाँले बढेर तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्