
काभ्रे । पनौती नगरपालिकामा १ सय ४९ जना अविवाहित महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट कार्यविधि नै बनाएर विशेष सामाजिक सुरक्षा वितरण थालेको थियो । हालसम्म १ सय ९३ जना महिलालाई विशेष सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।
जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ ।
हालसम्म १ सय ४९ जना अविवाहित महिलाले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
यस्तै २० जना सम्बन्ध विच्छेद भएका महिला र पति बेपत्ता भएका २४ महिलालाई सामाजिक सुरक्षा भत्ता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।
उनीहरूलाई औषधि उपचार गर्न तथा दैनिकी चलाउन थोरै भए पनि सहयोग पुगोस् भनेर सुरु गरिएको कार्यक्रम प्रभावकारी भन्दै गएको उप–प्रमुख गीता बञ्जाराले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्