१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


थप १० जनामा कोरोना पुष्टि


130
Shares

काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९१ जनामा कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सोमबार ३४ जना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर ३५० सक्रिय संक्रमित छन् ।