
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय २९ विद्यार्थीको स्वास्थ्य बीमा गरेको छ ।
विद्यार्थीसहित दुई सय ७७ जना कर्मचारीको बीमा गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार एमबीबीएस १५, बीफार्माका ८, बीएनएसका ११, बीएमएसका ६, बीपीएचका ३०, पीसीएल नर्सिङका ३६ र एचएका २३ विद्यार्थीको बीमा गरिएको हो ।
त्यस्तै, ५० शिक्षकको पनि स्वास्थ्य बीमा गरिएको अस्पतालले जनाएको छ । जसअन्तरगत प्रतिष्ठानले प्रिमियम बापतको सबै रकम तिरिदिएको छ ।
विद्यार्थी र उनीहरूका परिवारका सदस्यले पायक पर्ने सेवा प्रदायक अस्पतालबाट बीमाको सुविधा पाउने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्