
झापा । शान्तिपूर्ण, निष्पक्ष र उत्साहपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले उक्त विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो ।
यसका लागि मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउनु पर्ने र यस कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।
साथै आचारसंहिताको उल्लंघन भएमा खबरदारी गर्न र जानकारी गराउन समेत प्रमुख जिल्ला अधिकारी रिजालले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्