१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु


442
Shares

भक्तपुर । बिस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ ।

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।