
फाइल तस्विर
काठमाडौं । सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाईनेछ । यसैगरि करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।
भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्