
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई काडिजले १–० ले पराजित भएको छ ।
बार्सिलोनाको मैदानमा सोमबार राति भएको खेलमा काडिजलाई विजयी गराउन लुकास पेरेजले ४८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
अंक तालिकाको १६ औं स्थानमा रहेको काडिजसँगको अप्रत्याशित पराजित पछि बार्सिलोनाले ला लिगाको शिर्ष स्थानको रियाल मड्रिडसँग अंक दुरी घटाउने अवसर गुमाएको छ ।
लिगमा ३२ खेलबाट रियाल मड्रिडको ७५ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको सेभिया र चौथो स्थानको एथ्लेटिको मड्रिडको पनि समान ६० अंक छ ।
प्रतिक्रिया दिनुहोस्