२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प


247
Shares

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो ।

जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पका कारण क्षति भए नभएको विवरण भने आएको छैन ।