१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अनिल कपुरका बाबुछोराद्वारा अभिनित फिल्म ‘थार’ को ट्रेलर सार्वजनिक


624
Shares

काठमाडौं । बलिउड अभिनेता अनिल कपुर र उनको छोरा हर्षवर्धन एउटै फिल्म ‘थार’ मा सँगै देखिएका छन् । बाबुछोराद्वारा अभिनित फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो । फिल्ममा सतीश कौशिक, फातिमा सना शेख र अक्षय ओबेरोयको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

यस फिल्मलाई राज सिहं चौधरीले निर्देशन गरेका हुन् । यो फिल्ममा अनिल कपुर र हर्षवर्धन दोस्रो पटक सँगै स्क्रिन सेयर गर्न लागेका हुन् । यसअघि दुवै फिल्म एके भर्सेस एके (AK vs AK) मा देखिएका थिए ।

फिल्ममा अनिल कपुर प्रहरी अफिसरको भुमिकामा छन् भने हर्षवर्धन कपुर निकै रहस्यमय भूमिकामा छन् ।

फिल्म ६ मे मा नेटफ्लिक्स मार्फत प्रदर्शनीमा आउने भएको छ ।

हेर्नुहोस् ट्रेलर :