२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश


1.495k
Shares

डोल्पा । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा डोल्पामा नेकपा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एकिकृत समाजवादी प्रवेश गरेका छन् ।

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधान संघिय लोकतन्त्र, गणतन्त्रलाई संस्थापन गर्न नेकपा एस पार्टीमा प्रवेश जनाएका छन् । उनीहरुले एमालेमाथिको भरोसा टुटेका कारण नेकपा एस प्रवेश गर्नुपरेको बताएका छन् ।