८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चुनावी गठबन्धन बनेको देखेर ओली आत्तिएका छन् : पौडेल


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताउनुभएको छ ।

मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेता पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गर्नुभयो ।

आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको उहाँले बताउनुभयो ।

गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताउनुभयो ।