२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने


52
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताउनुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको बताउनुभयो ।

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।