२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आयो : देउवा


4.082k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

मंगलबार चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताउनुभएको हो । उहाँले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि खनाललाई आग्रह गर्नुभयो ।

२०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो । कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर निर्वाचित हुनुभएको थियो ।

बालुवाटारमा मंगलबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए ।

चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो। शीर्ष नेताहरूलाई भेटेर पनि चितवन कांग्रेसका नेताहरूले भरतपुर महानगर माओवादीलाई नछाड्न भनेका थिए ।