
झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी दिनुभयो ।
झापाको धुलाबारीमा मंगलबार आयोजित पत्रका सम्मेलनमा नेता खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा नजाने उहाँको अडान छ ।
नेता खानालले गठबन्धन पाए बाँच्ने र नपाए मरिहाल्ने अवस्थामा पार्टी नरहेको भन्दै गठबन्धन नभए एक्लै चुनावी मैदानमा ओर्लिन पनि तयार रहेको बताउनुभयो ।
निर्वाचन सार्न सरकार र सिंगो गठबन्धन लागि परेको भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गर्दै नेता खनालले निर्वाचन सरोस् भन्ने एमालेको भित्री चाहना रहेको र त्यही चाहना बारम्बार प्रतिबिम्बित भएको तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्