१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विकृती र विसंगती मौलायो : सभामुख सापकोटा


91
Shares

बुटवल । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले संघीय संरचनामा भएका कमजोरी र त्रुटीलाई हटाई अघि बढ्नुको बिकल्प नरहेको बताउनुभएको छ ।

नेपालमा संसदीय व्यवस्था विकास नहुँदा विभिन्न प्रकारका विकृती र विसंगती मौलाएको सभामुख सापकोटाले बताउनुभयो ।

संसदिय मूल्य मान्यता, आदर्श र सिद्धान्तको अभावमा संसद अनिर्णयको बन्दि बन्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । मंगलबार लुम्बिनीमा आयोजित अन्तर-व्यवस्थापिका अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख सापकोटाले सार्वभौमसत्ता संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय र प्रादेशिक जनप्रतिनिधीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

संघीय संसद र प्रदेशसभाका सभामुख, उपसभामुख र सचिवको सहभागिता रहेको अन्तरक्रियामा सहभागी सबै प्रदेशका सभामुखहरुले ब्यवस्था बलियो बनाउन संसद निर्वाद सूचारु हुनुपर्ने बताएका थिए ।