
काठमाडौं । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा दैनिक चार घण्टा यातायात बन्द हुने भएको छ ।
म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभीर-घाँसा खण्डमा पहाड फुटाएर सडक विस्तार गर्न वैशाख ७ गते बुधवारदेखि २० गतेसम्म दैनिक चार घण्टा यातायात बन्द गर्न लागिएको हो ।
काभ्रेभीर-घाँसा खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
चैतै दशैंमा तीर्थयात्री र पर्यटकको चाप बढकाले माघ १० गतेदेखि लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैत १५ गतेदेखि हटाइएको थियो । यस्तै आयोजनाअन्तर्गत बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि वैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्