२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषलाई श्रीलंकाको आग्रह


247
Shares

एजेन्सी । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफसँग सहयोगका लागि आग्रह गरेको छ ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाली सरकारका वित्तमन्त्रीको टोली अमेरिका पुगेको छ ।

आईएमएफसँग आर्थिक सहयोगका विषयमा छलफल गर्न वित्तमन्त्री अली सावरी वाशिङगटन पुग्नु भएको हो । देशको आर्थिक संकट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफले प्रशंसा गरेको मन्त्री साबरीले जिकिर गर्नुभएको छ ।

पछिल्लो समय श्रीलंकाले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलंकाली सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको थियो । श्रीलंकाको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ ।

श्रीलंका स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अथिएक आर्थीक संकटको सामना गरिरहेको छ । खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदशन भइरहेका छन् ।