
काठमाडौं, चैत १६ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना संक्रमितका लागि उपचार गर्न चीनबाट आएका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर राजदूत होउले कोभिड–१९ को रोकथाम एंव उपचारमा प्रयोगत हुने व्यक्तिगत सुरक्षा सामाग्री लगायतका सामानहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिेकी हुन् ।
चिनियाँ दूतावास एंव सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न सकिने माक्स २४ हजार थान, एन नाइन्टी फाइब माक्स २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टिलेटर एक थान र क्वारेन्टाइन टेबल ४ सय थान उपलब्ध गराएको छ ।
यस्तै, अलिबाबा फाउण्डेसन र ज्याक मा फाउण्डेसनले दिएका विभिन्न स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजदूत लगायत सहयोगी संस्थाप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्