
रुपन्देही, चैत १६ । कोरोना विषेश अस्पताल बुटवलमा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–४ का ३४ बर्षिय पुरुषको आइतबार मृत्यु भएको हो
दुबइबाट यही चैत्र ८ गते नेपाल आएका उनी १३ गते कोरोना विशेष अस्पताल बुटलमा आएर क्वारेन्टाइनमा बसेका थिए । उनको मृत्यु के कारणले भएको हो भन्ने अझै पुष्टि भएको छैन ।
ती युवकको स्वाव आजमात्रै परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्