१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


लकडाउन लम्बाउने उच्चस्तरीय समन्वय समितिको तयारी, मन्त्रिपरिषदले आजै निर्णय गर्ने


0
Shares

काठमाडौं, चैत १६ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मुलुकभर जारी लकडाउन लम्बाउने निर्णय गरेको छ ।

समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामाआइतबार बसेको समितिको बैठकले लकडाउन न्यूनतम् ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गरेको हो ।

समितिले उक्त प्रस्ताव आइतबार अपरान्ह बस्ने मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यसबारे औपचारिक निर्णय लिनेछ ।

उच्चस्तरीय समितिले यसअघि कोरोना संक्रमण नियन्त्रणको लागि चैत ११ देखि १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

यसैबीच समितिले सरकारले आह्वान गर्दा पनि विदेशबाट आएर खबर नगर्ने र क्वारेन्टाइनमा नबस्नेहरुलाई सरुवा रोग नियन्त्रणसम्बन्धी मौजूदा कानूनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । यस्तै लकडाउनलाई थप कडाई गर्ने पनि निर्णय गरेको छ ।