
सोलुखुम्बु । जिल्लाका ६ वटा स्थानीय तहका १५ सय जनाको आँखा परीक्षण गरिएको छ ।
६ स्थानीय तहको १० स्थानमा सञ्चालित आँखा शिविरमा १५ सय भन्दा बढीको परीक्षण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।
केन्द्रको फाप्लु शाखाले आयोजनामा भएको छनोट शिविरमा एक हजार ४९४ जनाको आँखाको परीक्षण गर्दै ६५ जना मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।
माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३६९ जनाको आँखा परीक्षणमा १७ जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनोट भएका र ५३ जनालाई चश्मा र बाँकीलाई औषधि वितरण गरिएको छ ।
यस्तै, थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन र देउसामा २१४ जनाको आँखा परीक्षणमा ११ जना मोतियाबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनोट गरिएको छ ।
सोताङ गाउँपालिकाको पावैमा १३२ जनाको आँखा परीक्षण गर्दा आठ जना, नेचासल्यानको विभिन्न स्थानमा २५९ जनाको आँखा परीक्षण गर्दा सात जना छनोट गरिएको हो ।
यस्तै, महाकुलुङ गाउँपालिकाको गुदेलमा १४५ जनाको आँखा परीक्षणबाट १७ जना शल्यक्रियाका लागि छनौट गरिएको हो भने १०६ जनाले चश्मा सेवा लिएका छन् ।
सोलुदूधकुण्ड नगरपालिकाको सिसाखोलाको शिविरमा १४९ जनाको आँखा परीक्षण गर्दा आठ जना शल्यक्रियाका लागि छनौट गरिएको छ ।
निःशुल्क शल्यक्रिया सहितको आँखा शिविर फप्लुमा बिहीबार र शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. सिर्जना अधिकारीको टोलीले गर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्