
पर्वत, चैत १६ । कोरोना भाइरसको जोखिमलाई कम गर्न पर्वतका मुख्य–मुख्य सडकमा किटनाशक औषधी छर्कन सुरु गरिएको छ ।
कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बजारका सडकहरुमा किटनाशक औषधी छर्कन सुरु गरिएको कुश्मा नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको सहयोगमा नगरपालिका क्षेत्रमा क्लोरिन पानी छर्कन शुरु गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
नगरपालिकाको बारुण यन्त्रबाट कुस्माको शिबालय चोक हुदै किटनाशक औषधी छर्किन शुरु गरिएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा रहेको कोरोना अस्थायी अस्पताल, शिवालय माबिमा रहेको क्वारेन्टाइन, जिल्ला प्रशासन कार्यलय, पर्वत अस्पताल लगायतका क्षेत्रमा पनि औषधि छर्किएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण अभियान अन्तर्गत सडकहरुमा कोरोना संक्रमित ब्यक्तिहरु आवत जावत गरेको भए भाइरसलाई नै नष्ट गराउन औषधि छर्कन लागेको नगरप्रमुख जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्