
लमजुङ, चैत १६ । कोरोना भाइरसको जोखिम कम गर्न लमजुङको बेंसीसहरमा पनि कीटनाशक औषधी छर्न थालिएको छ ।
बेंसीसहरको सेरा चोकबाट नारायणस्थान, भीमसेनस्थान, पुरानो बैंकचोक हुँदै मनाङेचौतारासम्म औषधी छर्किएको हो । मानववस्ती तथा सरकारी कार्यालय क्षेत्र, भित्री बाटोमा कीटनाशक औषधी छर्किएको हो ।
बेसीसहरस्थित त्रिवेणी युवा क्लबले बेसीसहरमा रहेका क्वारेन्टाइन स्थलहरुमा किटनाशक औषधी स्प्रे गरेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले सरोकारवाला निकायको समन्वयमा औषधी छर्कन थालिएको जानकारी दिए ।
यसैबीच, स्थानीय तहले स्वास्थ्यकर्मीहरुलाई पीपीईसहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । बेंसीशहर नगरपालीकाले स्वास्थ्यकर्मी र नगरभित्रका स्वास्थ्य संस्था, हेल्थ डेस्क, र एम्वुलेन्स चालकका लागि पीपीई उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस्