१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपेक्षा गर्ने मिहेनत नगर्ने बानी त्याग्नुपर्छ : अध्यक्ष ओली


156
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताउनुभएको छ ।

ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु पर्ने बताउनुभएको छ । उहाँले, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्याता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो । विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो । औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविश्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए । यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पूर्खाको जिन हामीसँग छ ।’ यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उहाँले बताउनुभयो ।