
विराटनगर, चैत १६ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनलाई अस्थायी अस्पताल बनाइने भएको छ ।
अन्य अस्पतालबाट रेफर भएका र कोरोनाको आशंका गरिएका बिरामीको उक्त अस्थाई अस्पतालमा उपचार गरिने भएको हो ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधारसहितको अस्थाई अस्पताल निर्माण कार्य सुरु गरिएको छ ।
आइसोलेसन अस्पताल निर्माणका लागि आवश्य पर्ने सामाग्री खरिद गर्न समय लाग्ने भएकाले तत्कालका लागि विराटनगरमा रहेका अस्पतालहरुबाट नै सामाग्री ल्याएर प्रयोग गर्ने तयारी गरिएको छ ।
अस्थाई अस्पताल झण्डै १ सय बेड क्षमताको रहने छ । अस्पतालमा जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने र थप आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्