
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरुसँग प्रर्याप्त हतियार भएको भए रुससँग भइरहेको युद्ध धेरै पहिल्यै सकिने भन्दै पीडा व्यक्त गरेका छन् ।
रुसले युक्रेनमाथि बिना कारण आक्रमण शुरु गरेको बुधबार (आज) ५६ दिन पुगेको छ । आफूहरुसँग आवश्यक सबै हतियार भएको भए रुसलाई पहिल्यै परास्त गर्न सकिने आत्मविश्वास व्यक्त गरेका छन् । युक्रेन भन्दा धेरैनै शक्तिशाली मानिएको रुसले युक्रेनलाई छिट्टै आफ्नो कब्जामा लिन सकिने आँकलन गर्दै युक्रेनमाथि हमला गरेको थियो । तर युक्रेनी सेनाले रुसी सेनाको आक्रमणलाई डटेर समना गर्यो । जसले गर्दा रुसले सोचे बिपरित युद्ध लम्बिएको छ । आफू भन्दा कमजोर रहेको युक्रेनमाथि रुसले अझै जित निकाल्न सकेको छैन । युक्रेनी सेनाले बहादुरीका साथ रुसी सेनासँग भिडेकै कारण रुसले युक्रेन कब्जा गर्न नसकेको हो ।
युद्ध लम्बिदै जाँदा भयानक पनि बन्दै गएको छ । आणविक हतियारका हिसावले रुस विश्वकै शक्तिशाली देश हो । उसले युक्रेनमा आक्रमण झन तीब्र पारेको छ । रुसले आक्रमण तीब्र पार्दै गइरहेको अवस्थामा रुसबिरुद्ध लड्न आफूहरुसँग हतियारको कमी भएको भन्दै जेलेन्स्कीले सहयोगका लागि आफू समर्थक शक्ति राष्ट्रहरुलाई आग्रह गरेका छन् ।
रुसी सेनाले युक्रेनका सबै शहरहरूमा बम र मिसाइल बाट आक्रमण गरेर स्वास्थ्य,शिक्षा,खानेपानी लगायतका सबै पूर्वाधार ध्वस्त पारिदिएको छ भने युक्रेनी नागरिकको पीडा शब्दमा बयान गर्न नसकिने अवस्था रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अहिलेसम्म रुसी आक्रमणमा परेर १ हजार भन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले युक्रेन युद्धमा प्रतिबन्धित हतियार समेत प्रयोग गरेको छ । रुसी सेनाले युक्रेनमा इतिहासकै सबैभन्दा अमानवीयता देखाएको युक्रेनको भनाई छ । बृद्ध बृद्धा,बालबालिका, महिलाप्रति रुसी सेनाले अमानवीय व्यवहार गरेको र महिलालाई बतात्कार समेत गरेको युक्रेनको आरोप छ ।
उता युक्रेनी राष्ट्रपतिको आग्रहपछि जर्मन चान्सलरले युक्रेनलाई हतियार आपूर्ति जारी राख्ने बताएका छन् । तर जर्मनको आपूर्ति क्षमता भने लग भग सकिएको र हतियार उत्पादक देशहरुसँग मिलेर काम गर्ने जर्मन चान्सलरले बताएका छन् ।
उनले युक्रेन युद्धमा नेटोले प्रत्यक्ष हस्तक्षेप नगर्ने पनि स्पष्ट गरेका छन् । तर युक्रेनी सैनिकलाई नेटोका सैनिकले प्रयोग गरिरहेको हतियार दिनु पर्नेमा भने जर्मन चान्सलरको जोड छ । रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमाथि आक्रमण शुरु गरेको हो । युद्धका कारण १ करोड भन्दा बढी युक्रेनी नागरिक आफ्नो देश छोडेर छिमेकी देशमा शरणार्थी भएर गएका छन् ।
प्रतिक्रिया दिनुहोस्