
बर्दिया, चैत १६ । लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि बर्दियाका विभिन्न गाउँहरुमा स्थानीयहरुले बाटोमै बार लगाउन थालेका छन् ।
मानिसहरुको ओहोर–दोहोर नरोकिएपछि स्थानीयले बाटोमा बार लगाउन थालेका हुन । अपरिचत व्यक्तिहरुको गाउँमा प्रवेश हुँदा आफूहरु असुरक्षित भएको भन्दै उनीहरुले लकडाउनमा अझै कडाइ गर्न स्थानीय प्रशासनलाई पनि आग्रह गरेका छन् ।
भारतीय नाकाहुँदै अझै पनि केही नेपालीहरु स्वदेश फर्किइरहेका छन् । भारतबाट आउनेहरु निस्फिक्री घुम्दा स्थानीयहरु चिन्तित भएका छन् । विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि त्यसको अवज्ञा हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्