१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


‘कोरोनाको आशंकामा उपचार गर्न जाँदा विरामी फर्काउने अस्पतालहरुलाई कडाइ गर्ने’


0
Shares

काठमाडौ, चैत १६ । सरकारले चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री आइतबारबाटै आवश्यक अस्पतालहरुलाई वितरण सुरु गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चीनबाट किनेर ल्याएको र सहयोगस्वरुप प्राप्त स्वास्थ्य सामाग्री वितण थालिएको जानकारी दिए ।

प्रवक्ता देवकोटाले कोरोनाको आशंकामा उपचार गर्न जाँदा विरामी फर्काउने अस्पतालहरुलाई कडाइ गर्ने जानकारी दिए ।

कोरोनाको उपचारको लागि सरकारले तोकेक हब अस्पतालले विरामी लिन्न भन्न नपाउने उहाँको भनाइ थियो । प्रवक्ता देवकोटाले मन्त्रालयले कोरानासम्बन्धी सम्पूर्ण जानकारी दिने एप लञ्च गरेको बताए ।

उनले अब एप बाटनै आफूलाई कोरोनाको संक्रमण भए नभएको स्वःमूल्याँकन गर्न सकिने जानकारी दिए ।

प्रवक्ता देवकोटाले पछिल्लो पटक नेपालमा भेटिएका कारोना संक्रमितसँग हवाई यात्रा गरेका अधिकांश व्यक्ति सम्पर्कमा आएको भन्दै स्थिति सामान्य रहेको जानकारी दिए ।