१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजकुमारको लागि गधा, बाँदर बन्न तयार शाहरुख खान


624
Shares

एजेन्सी । भारतका सुपरस्टार शाहरुख खान र भारतका प्रसिद्ध फिल्म निर्माता राजकुमार हिरानीबीच पहिलो सहकार्य हुने भएको छ ।

शाहरुख खानले सामाजिक सञ्जालमार्फत राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका हुन् ।

फिल्मलाई जिरो स्टुडियो, रेड चिलीज इनटरटेनमेन्ट राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा प्रस्तुत गर्ने छन् । फिल्ममा शाहरुख खान र तापसि पन्नुको मुख्य भुमिकामा रहेको छ । अप्रिल देखि फिल्मको छायांङकन सुरु भैसकेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

फिल्मको कथालाई राजकुमार हिरानी, अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् । फिल्म २२ डिसेम्बर २०२३ मा प्रर्दशन हुने भएको छ ।

राजकुमारले लामो समयदेखि शाहरुख खानसँग एउटै प्रोजेक्टमा काम गर्ने इच्छा डंकी मार्फत पुरा भएको बताएका छन् । सथै शाहरुख खानले राजकुमार निकै उत्कृष्ट निर्माताहरूमध्ये एक भएको र काम गर्न पउँदा निकै खुशी लागेको बताएका छन् । शाहरुख खानले राजकुमारको लागि म गधा, बाँदर जे बन्न नि सक्छु भनेका छन् ।

सञ्जु, पीके, मुन्ना भाई, थी्र इडियट्स जस्ता सुपरहिट फिल्म दिएका राजकुमारले अब शाहरुखसँग पहिलो सहकार्य गर्न लागेका हुन् ।