
बुटवल, चैत १६ । कोरोना भाइरस संक्रमणको आंशकामा बुटवलको कोरोना विशेष अस्पतालको आइसोलन वार्डमा बसेका एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।
कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियाका ३४ बर्षीय ती युवलाई यही चैत्र १३ गते अस्पतालको आइसोलशन वार्डमा राखिएको थियो ।
कोरोनाको संक्रमण भएको आंशमा उनको शव व्यवस्थापनमा पनि समस्या भएको छ । ती युवकको शबलाई आईसोलेसन वार्डमै राखिएको छ ।
अस्पतालमा उनकी श्रीमतीबाहेक अहिलेसम्म कोही पनि नआएको अस्पतालले जनाएको छ । लुम्बनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रोजेन्द्र खनालले मृत्यु भएका व्यक्तिको शब बुझ्न उनकी श्रीमती मात्र आएकाले व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
स्थानीय तथा जनप्रतिनिधिले अहिले सम्म कुनै चासो देखाएका छैनन् । दुवईमा रोजगारीका लागि रहेका उनी चैत्र ६ गते काठमाण्डौ आएका थिए । उनमा कोरोना संक्रमण छ छैन भन्ने पुष्टि हुन केहि दिन लाग्ने अस्पतालले जनाएको छ । उनको स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्