
एजेन्सी । अमेरिकाकी एक ५० वर्षीया महिलाले अनलाइन डेटिङ एप मार्फत प्रेममा पर्दा आफ्नो जिन्दगी भरको कमाई स्वाहा पारेकी छिन् ।
कोरोनाको समयमा क्याथी नामकी ती महिलाले एक्लो महशुस गरेर डेटिङ एप हेर्न थालिन् । किनकी उनी घरमा एक्लै थिइन् । एप हेर्दै गर्दा उनले उनी भन्दा जेठा एक पुरुष भेटिन । त्यसपछि उनीहरुबीच माया र प्रेमका कुरा हुन थाले । ती पुरुषले उनलाई श्रीमति भनेर सम्वोधन गर्न थाले । क्याथी पनि निकै खुशी भइन किनकि उनको श्रीमान थिएनन् । तर त्यो उमेरमा जब उनी प्रेममा परिन तव ती पुरुषले उनीबाट फाइदा लिन थाले ।
कोरोनाका बेला भौतिक रुपमा उपस्थित हुन निकै कठिनाई थियो । अनलाइन डेटिङ गर्ने क्रममा उनले ती पुरुषको मायाजालमा परेर १ करोड १० लाख भन्दा बढी रुपैयाँ गुमाइन् । मायाको नाटक गर्दै ती पुरुषले उनीसँग विभिन्न बहानामा पैसा माग्न थाले । सुरुमा उनले ५ हजार डलर दिइन् । त्यसो गर्दा गर्दै उनले ९२ हजार डलर ती पुरुषलाई दिन पुगिन ।
अहिले क्याथी चुर्लुम्म ऋणमा डुबेकी छिन किनकि उनले आफूले कमाएको पैसा त दिइन नै अरुसँग पनि सापटी लिएर ती पुरुषलाई पैसा दिएकी थिइन् ।
अमेरिकाको न्यूयोर्कबाट प्रकाशित हुने पत्रिका एबीसी सँगको कुराकानीमा उनले भनेकी छिन् –‘मैले सोचेको थिए मलाई प्रेम भएको थियो । किनकी म जहिले पनि उनीसँग कुरा गर्थेँ मेरो मनको ढोका खुल्ने गर्दथ्यो । उनी निकै रोचक र रोमाञ्चक थिए । प्रत्येक फोन कलमा कुराकानी समाप्त हुनु अघि हामी एक– एक गरी प्रार्थाना गथ्र्यौ । उनी मेरो प्यारो थिए’ ।
क्याथीले सिल्भर सिंगल नामको डेटिङ वेबसाइटमा ती व्यक्तिलाई भेटेकी थिइन् । त्यो वेबसाइट ५० वर्ष भन्दा बढी उमेर भएका मानिसहरूका लागि हो । ती व्यक्तिसँग क्याथी निकै गहिरो सम्बन्धमा पुगिन् । ती व्यक्तिले क्याथीलाई हरेक समय मायाले बोलाउने गरेको र हरेक समय क्याथीको तारिफ गरिरहन्थे । उनीहरूबीच कहिले भेट भएन तर, ती व्यक्तिले पैसा माग्दा उनले कुनै शंका नगरि दिइरहिन् । उनले सोच्ने गर्थिन् कि ती व्यक्तिले उनको सबै पेसा फिर्ता गर्नेछन् । तर, नेटफ्लिक्सको शो ‘द टीन्डर स्विन्डलर’ हेरेपछि क्याथीको आँखा खुल्यो ।
किनकि त्यो शो क्याथीले भोग्दै गरेको कथाजस्तै थियो । त्यपछि दुबैबीच भनाभन सुरु भयो । तर उनीहरू सम्बन्धमा रहदासम्म क्याथीले सबै गुमाइसकेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्