१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


हेटौडाबाट दुईजनाको स्वाव परिक्षण गर्न काठमाडौ ल्याईयो


0
Shares

हेटौडा, चैत १६ । कोरोना भाइरस संक्रमणको आशंका गरिएका हेटौंडाका दुई जनाको स्वाब परीक्षणको लागि आइतबार काठमाडौ पठाइएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नं ४ र ५ का दुई जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौ पठाइएको हो ।

घरमै क्वारेनटाईन बसेका एकजना चिकित्सक र अर्का एकजनालाई श्रमिक माद्यामिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको हेटौंडा अस्पताले जनाएको छ ।