
काठमाडौं । नयाँवर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आकर्षक भ्वाइस र डेटा सेवा रहेको ‘इन्डलेस कम्बो प्याक’हरू सञ्चालनमा ल्याएको छ ।
वैशाख ५ बाट सञ्चालनमा आएको योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रुपैयाँमा विहान ५ बजेदेखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक लिन सक्नेछन् ।
यस्तै, बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरि प्याक पनि कम्पनीले सञ्चालन गरेको छ ।
डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेटवर्क टक टाइम सेवा प्राप्त गर्छन् ।
बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेटवर्कमा कल गर्नसकिने प्याक २५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्