२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीन र सोलोमन टापुबीचको सुरक्षा सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा तरंग


1.534k
Shares

काठमाडौं । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि हिन्द प्रशान्त क्षेत्रमा चिन्ता प्रकट गरिएको छ ।

अष्ट्रेलिया, न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका हुन् । यसै साता हस्ताक्षर भएको सम्झौतापछि चीनले प्रशान्त क्षेत्रमा ९ सैनिक केन्द्र बनाउन अघि बढेको अनुमान विज्ञहरुले गरेका छन् ।

चीनसँगको सम्झौता रोक्ने अष्ट्रेलियाको अन्तिम प्रयत्न सोलोमन टापुले अस्वीकार गरेको थियो । अष्ट्रेलिया सोलोमन टापुको सबै भन्दा ठूलो दातृराष्ट्र हो । त्यहाँका प्रधानमन्त्री मुनासे सोगुभारेले यो सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भाव नबिथोल्ने दावी गरेका छन् ।

सम्झौता अनुसार चिनियाँ युद्धपोतहरू सोलोमन टापुमा तैनाथ गर्न अनुमति दिईने र सामाजिक शान्ति कायम राख्ने सहयोगका लागि चीनले सुरक्षा फौजहरू पठाउन सक्ने उल्लेख गरिएको छ ।