२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरानमा गठबन्धनले चुनावी भागबण्डाकाे टुंगो लगायाे


533
Shares

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सुनसरीको धरानमा भागबण्डाकाे टुंगो लगाएकाे छ ।

केन्द्रको सहमतिलाई कार्यान्वयन गर्दै धरान उपमहानगरपालिकामा पनि सर्वसहमतिले उम्मेदवारको भागबन्डा मिलाएको कांग्रेस प्रदेश-१ का महामन्त्री उमेश थापाले जानकारी दिनुभएकाे हाे ।

धरानमा कांग्रेसलाई मेयरसहित १३ वडाध्यक्ष, माओवादी केन्द्रलाई उपमेयर सहित चार वडाध्यक्ष, जसपालाई दुई वडाअध्यक्ष र नेकपा एकीकृतलाई ४ नम्बर वडा अध्यक्ष सहित सबै सदस्य दिएर भागबण्डा मिलाएको छ ।

गठबन्धनले धरानमा मेयर उपमेयर सहित सबै वडामा निर्वाचनमा जित्ने दावी गरेको छ ।