२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरानमा कांग्रेस कार्यकर्ताको अवरोध


546
Shares

सुनसरी । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि धरानमा भागबण्डा मिलाएर गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका छन् ।

वडा कार्य समितिलाई बेवास्ता गरेको भन्दै आज (बिहिबार) कांग्रेस कार्यकर्ताहरुले पत्रकार सम्मेलनमा नै अवरोध गरेका हुन्। कांग्रेस कार्यकर्ताहरु राजकुमार थोप्रा, अजय राई, नारद राई, विद्या शाक्यलगायतका कार्यकर्ताहरुले धरान किचनमा प्रवेश गरी पत्रकार सम्मेलनमा सहभागी कांग्रेस कार्यकर्तालाई गाली समेत गरेका हुन् ।

उनीहरुले धरान ३,१७, १५ र १९ वडामा गठबन्धन अस्वीकार गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा अवरोध गर्ने कांग्रेस कार्यकर्ता संस्थापन पक्षका थिए । कांग्रेसका असन्तुष्ट कार्यकर्तालाई नगर सभापति श्याम पोखरेलले सम्झाई-बुझाई गर्नुभएको थियो ।