
एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा विमान चालक सहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । एउटा सानो विमान हाइटीको राजधानी पोर्ट–ओ –प्रिन्सको व्यस्त सडकमा झर्दा उनीहरुको मृत्यु भएको हो । विमान पोर्ट –ओ –प्रिन्स एयरपोर्टबाट बुधबार अपरान्ह ज्याकमेल शहरका लागि उडेको थियो ।
हाइटीका प्रधानमन्त्री एरियल हेनरिले ट्वीटर मार्फत मृतकका परिवाप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परेर घाइते भएकाहरुको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । तर घाइतेको संख्याबारे भने केही खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्