२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


मारिओपोल युक्रेनबाट मुक्त : पुटिन


11.882k
Shares

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएको बताउनुभएको छ ।

उहाँले युक्रेनी शहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिनुभएको छ ।

‘युक्रेनी सेनाले नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको मारिओपोलबाट विस्थापितहरू बोकेका चारवटा बस सहर छोडेका छन्’, युक्रेन सरकारले बिहीबार भनेको छ ।

चारवटा खाली बसहरू मानवीय करिडोरमार्फत सहर छोड्न सफल भएको युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सामाजिक सञ्जालमा भन्नुभएको छ ।