७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कुश्मा बजारमा आगालागी


1.157k
Shares

पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी भएको छ । बिहीबार विहान स्थानीय लक्ष्मी श्रेष्ठको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबाट वारुणयन्त्र मगाइएको थियो ।

विद्युत् सट भएर आगलागी भएको अनुमान गरिए पनि अझै कारण पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगलागीमा तीन लाख नगद, १० तोला सुन, २० तोला चाँदी लगायतका सम्पति नष्ट भएको पीडितले बताएका छन् । प्रहरीले १० रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ ।