
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन आफ्नै पार्टीका नेताहरुलाई निर्देशन दिनुभएको छ ।
केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उहाँले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न आग्रह गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको अध्यक्ष ओलीले दाबी गर्नुभयो । एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उहाँको दाबी छ । प्रतिनिधिसभा विघटन गरी ठीक निर्णय नलिएको भए एमाले पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छापूर्तिमा लागेर समाप्त हुने थियो भन्ने बताउनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने पनि दाबी गर्नुभयो । उहाँले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गर्नुभयो । विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै उहाँले अहिले तराई, मधेशमा एमालेको लहर आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्