२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फेरि कम्युनिष्ट एकता हुन्छ : अध्यक्ष दाहाल


22.789k
Shares

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट एकता हुने बताउनुभएको छ ।

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताउनुभयो ।

साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने दाहालको दाबी छ ।

यसरी हुने कम्युनिष्ट तथा बाम एकता माओवादीको नेतृत्व हुने बताउँदै उहाँले यसको नेतृत्व आफूले लिने जानकारी दिनुभयो ।

आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने दाहालले विश्वास व्यक्त गर्नुभयो ।