
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ ।
१५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएर छलफल थालेको हो ।
हरेक दिन बिहान नौ बजे, दिउँसो एक बजे र चार बजेलाई बैठक राखिएको छ । विषय विज्ञ र सर्वसाधारणबाट सुझाव संकलन भइसकेको मन्त्रालयले जनाएको छ ।
१ चैतदेखि औपचारिक रुपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियाका लागि सुझाव संकलन सुरु गरेको थियो ।
यस्तै, भौतिक रूपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि उपलब्ध गराइएको टोल फ्रि नम्बर ११३८ बाट पनि उत्साहजनक रूपमा सुझावहरु प्राप्त भएका अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्