२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


एमालेमा गएपछि सामाजिक सञ्जालमा करिश्माले थपिन् न्वारनको नाम ‘सूर्य कुमारी’


1.014k
Shares

काठमाडौं । सामाजिक सञ्जाल अर्थात फेसबुकमा अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नामलाई आधिकारिक रुपमा सूर्य कुमारी भनेर राखेकी छिन् ।

केही समय अघि कपिलवस्तुमा भएको नेकपा एमालेको आमसभामा बोल्दा करिश्माले आफ्नो न्वारनको नाम सुर्य कुमारी भएको बताएकी थिइन् । उनले आफ्नो न्वारनको नाम र एमालेको चुनाव चिन्ह मिलेको भनेर आम सभामा बताएकी थिइन् ।
करिश्माले एमालेमा प्रवेश गरे लतत्तै आफ्नो खास नाम सूर्य कुमारी भएको बताएकी थिइन् । कलाकार सबैको साझा हुनुपर्ने भन्दै कतिपयले उनलाई आलोचना समेत गरेका थिए । त्यसको जवाफमा करिश्माले आलोचकहरुलाई खण्डन गर्दै भनेकी थिइन् –‘सुर्य कुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो, भिटामिन डी प्राप्त भयो राम्रो हो’ ।

अहिले उनले फेसबुकमा करिश्मा यथावत नै राखेर पछाडी सूर्य कुमारी थपेकी छिन् । करिश्मा एमालेमा आउनु अघि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा थिइन् ।एमाले उनको जीवनमा दोस्रो पार्टी हो ।