
फाइल तस्बिर
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले जनताले अनुमोदन नगरेको शक्ति सरकारमा भएकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताउनुभएको छ ।
एमालेनिकट बुद्धिजीवी परिषल्ले गरेको छलफलमा उपमहासचिव ज्ञवालीले जनादेश पाएको राजनीतिक शक्ति बाहिर भएको र जनताले अनुमोदन नगरेको शक्ति सरकारको नेतृत्वमा रहेकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताउनुभयो ।
अहिलेको सरकारले अर्थतन्त्रमा अनिश्चय पैदा गरेको ज्ञवालीको आरोप छ ।
उपमहासचिव ज्ञवालीले अघिल्लो ओली सरकारले ल्याएका लोकप्रिय र अर्थतन्त्र चलायमान बनाउने कार्यक्रम बजेट प्रतिस्थापनको नाममा कटौती गर्दा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्